राउण्ड टेबल नेपालद्वारा रंगेलीको महर्षि मेही नमूना विद्यालय घोषित विराटनगर । राउण्ड टेबल नेपालले मोरङको रंगेलीस्थित महर्षि मेही आधारभूत विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले एडप्ट गरेर चौतर्फी विकासमा सहयोग गर्दै आएको सो विद्यालयलाई राउण्ड टेबल नेपालले नमूना विद्यालय घोषणा गरेको हो । विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले खेलकुद मैदानको स्तरोन्नती, सुविधा सम्पन्न शौचालय निर्माण, स्वच्छ खानेपानीको व्यवस्था, कक्षा कोठा र डिजिटल प्रविधिबाट शिक्षण सिकाईसहित सम्पूर्ण पूर्वाधार तयार गरेकाले सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको हो । सो विद्यालयको चौतर्फी विकासमा विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले गरेको कामको मुल्यांकन गरि विद्यालयलाई राउण्ड टेबल नेपालले नमूना विद्यालय घोषणा गरेको जनाइएको छ । सोही अबसरमा रंगेली वडा नम्बर ७ स्थित उक्त विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका प्रेसिडेन्ट मार्क जर्मसहुसेन, राउण्ड टेबल नेपालका प्रेसिडेन्ट नितेश अग्रवाल, राउण्ड टेवल अष्ट्रियाका सदस्य एल्वर्ट, विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ का अध्यक्ष आशिष गोयल, सो विद्यालयका शिक्षक शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यार्थीका अभिभावकहरु, रंगेलीका सवै सामुदायीक विद्यालयका प्रधानाध्यापकहरु र जनप्रनिधिलगायतको सहभागीता रहेको थियो ।